काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जनताको अपेक्षाअनुसार डेलिभेरी दिन नसके रास्वपाले सरकार छाड्छ : स्वर्णिम वाग्ले

5.42K
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सरकारले डेलिभेरी दिन नसकेका दिन रास्वपाले सरकार छोड्ने दाबी गरेका छन् ।

उनले प्रधानमन्त्रीले जनताको अपेक्षाअनुसार आशाको सञ्चार गर्न र डेलिभेरी दिन चाहेको बताएपछि मात्रै रास्वपा सरकारमा सहभागी हुन तयार भएको बताए ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवासबाट बाहिरिने क्रममा नेता वाग्लेले रास्वपा शर्तसहित सरकारमा सहभागी भएको र शर्तहरु कायम नरहेको अवस्थामा सरकार छोडेर बाहिरिने दाबी गरे ।

‘अहिले प्रधानमन्त्रीको कुर्सी हल्लिएको थिएन । तर उहाँले जोखिम मोलेर जनताको अपेक्षाअनुसारको डेलिभेरी र सुशासनका लागि पहल गर्नुभयो, र आह्वान गर्नुभयो,’ उनले भने, ‘त्यहीकारण हामीले पनि उहाँलाई साथ दिएर अघि बढ्न तयार भएका छौँ । सरकारमा हाम्रो सहभागिता सशर्त हो ।

जनतालाई सुशासन र डेलिभेरी दिनका लागि हो । जनतालाई डेलिभेरी दिन सकेको दिनसम्म सरकारमा रहन्छौँ, र नसकेको दिन हामी बाहिर हुन्छौँ ।’ उनले प्रधानमन्त्रीले नयाँ ढंगले काम गर्न चाहेका कारण आफूहरुले साथ दिनुपर्छ भन्ने निर्णयमा पुगेको बताए ।