गृहपृष्ठ बालकुमारी घटनाबारे आयोगले लियो पूर्वाधारमन्त्री ज्वालाको बयान
बालकुमारी घटनाबारे आयोगले लियो पूर्वाधारमन्त्री ज्वालाको बयान
ललितपुरको बालकुमारी घटनाबारे छानबिन गर्न बनेको आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बयान लिएको छ ।
यसै साता मन्त्री ज्वालाको बयान लिएको आयोगले जनाएको छ । घटनाका जिम्मेवार सबै पक्षको बयानको काम लगभग सक्की सकेको छ । मन्त्री ज्वालाको बयानसँगै अब आयोगले छानबिनको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
गत पुस १३ गते बालकुमारीमा प्रहरीले गोली चलाएको थियो सोही क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो ।घटनामा मन्त्री ज्वाला सवार बा२झ ५८६१ नम्बरको ल्यान्डक्रुजर प्राडो समेत जलाइदिएका थिए ।
प्रकाशित समय : १३:४० बजे



















