काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गोवालाइ पोखरासँग जोडने नेपाली संसदीय टाेलीकाे प्रस्ताव

5.15K
shares

नेपाली सांसदहरूको टोलीले भारतको गोवालाई नेपालको पोखरासँग जोडन प्रस्ताव गरेका छन ।

भारतको पर्यटकीय राज्य गोवामा आउने पर्यटकलाइ नेपालको पोखरासँग जोडन प्रस्ताव गरेका हुन ।

अन्तराष्ट्रिय सबन्ध समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा हाल भारत भ्रमणमा रहेका टोलीले उक्त प्रस्ताव गरेको सांसद हरी उप्रेतीले जानकारी दिएका छन । ‘हामीले गोवालाइ पोखरासँग जोडन प्रस्ताव गरेका छौं, उनीहरू सकारात्मक रहेका छन्,’ उप्रेतीले भने, ‘तर, त्यसका केही कानुनी जटिलता र सबन्ध सुधारका लागि काम गर्ने भनेर कुरा अघि बढेको छ ।’

भारतको दक्षिणी भु भागमा रहेको गोवामा बार्षिक ५० लाख पर्यटक आउने गरेको र त्यसका केही हिस्सा मात्रै नेपालमा ल्याउन सकेको खण्डमा नेपालको पर्यटन उधोग अझ मौलाउन सक्ने सो टोलीको भनाइ छ ।

भारतीय संसदको अन्तराष्टिय समितिको निमन्त्रणामा भारत गएको नेपाली सांसदको टोलीले भारतीय बिदेश मन्त्री यस जयशंकरसहित गोवाका मन्त्रीहरूसँग भेटबार्ता गरी नेपालको हितका बारेमा कुराकानी गरेको सभापति यादवले जानकारी दिए ।