global ime bank Long Banner Ad

गृहपृष्ठ डोनेट्स्क बजारमा युक्रेनी गोलाबारीमा कम्तिमा २७ जनाको मृत्यु

डोनेट्स्क बजारमा युक्रेनी गोलाबारीमा कम्तिमा २७ जनाको मृत्यु

डोनेट्स्क बजारमा युक्रेनी गोलाबारीमा कम्तिमा २७ जनाको मृत्यु

युक्रेनी सेनाले आइतबार डोनेट्स्कको पश्चिममा रहेको बजारमा घातक तोप आक्रमण गर्दा कम्तीमा २७ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।

युक्रेनी पक्षबाट १५२ एमएम क्यालिबर र १५५ एमएम क्यालिबरको गोला प्रहार गर्दा भीडभाड भएको बजारमा सो घटना घटेको रुसको तास समाचार एजेन्सीले डोनेट्स्कका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ। घाइतेमध्ये १८ जनालाई अस्पतालमा भर्ना गरिएको छ जसमध्ये अधिकांशको अवस्था गम्भीर रहेको रसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका लागि रुसी नियोगले सोमबार सुरक्षा परिषद्को बैठकमा यस घटनाबारे छलफल गरिने घोषणा गरेको छ। रसियाली विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघका कार्यक्रमहरूमा पनि यो मुद्दा उठाउने योजना बनाएको छ जहाँ रूसी विदेशमन्त्री सर्गेई लाभरोभ उपस्थित हुने कार्यक्रम छ।

प्रकाशित समय : १६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु