काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज तीन संसदीय समिति बैठक बस्दै

4.64K
shares

संघीय संसद, प्रतिनिधिसभा अन्तर्गत आज तीन संसदीय समितिको बैठक बस्दैछ ।

आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठक बस्ने तय भएको हो । बिहान ११ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा राष्ट्रिय सम्पदा अन्तर्गत राष्ट्रिय निकुञ्ज, आरक्षण र संरक्षित क्षेत्रको विद्यमान अवस्था र यसको संरक्षण सम्बद्र्धनमा सामुदायिक वन उपभोक्ता महासंघको भुमिका लगायत विविध विषयमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा गुठी पीडित मोहि किसानहरुको समस्या तथा गुठी सम्बन्धी कानून लगायतका विषयमा छलफल गरिने भएको छ । त्यस्तै सोही समयमा बस्ने शिक्षा समिति बैठकमा विभिन्न विद्यार्थी संघ÷संगठनहरुसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गरिने बताइएको छ ।