काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ढोरपाटन दुर्घटना : तीन घाइतेलाई हेलिकोप्टरमार्फत पोखरा पठाइयो

6.01K
shares

बागलुङको ढोरपाटनमा शनिबार बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीनजनालाई थप उपचारका निम्ति हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ ।

बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जाँदै गरेको जीप ढोरपाटन नगरपालिका–५, अस्तुमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो । नौजना घाइते भएका थिए ।

घाइते लक्ष्मी गैरै, जोगनारायण गैरे र निरुता गैरेलाई थप उपचारका निम्ति पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए । अरू ६ घाइतेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

दुर्घटनामा जीप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र काठमाडौंको चन्द्रागिरि नगरपालिका–११ की २८ वर्षीया संगीता अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो । जीपकोे ‘ब्रेक फेल’ भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।