दुई संसदीय समितिको बैठक बस्दै
वि.सं.२०८० पुस २५ बुधवार ०८:३०
shares

आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।
जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबिच भएको सम्झौताको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समितिसमक्ष जानकारी गराउने बताइएको छ ।
यसैगरी बिहान ११ः ४५ बजे नै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैंठक पनि बस्ने भएको छ । बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक,२०७७ सम्बन्धी विषयमा छलफल हुनेछ । साथै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका समसामयिक लगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

























