गृहपृष्ठ भारतीय दूतावासले २० करोड खर्च गर्न पाउने सम्झौतामा एमालेको आपत्ति
भारतीय दूतावासले २० करोड खर्च गर्न पाउने सम्झौतामा एमालेको आपत्ति
भारतीय दूतावासले नेपालमा २० करोड रुपैयाँसम्मका आयोजनामा खर्च गर्न पाउने सम्बन्धी सम्झौतामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । यो सम्झौताले अनावश्यक राजनीतिक हस्तक्षेप बढ्ने एमालेको आशंका छ ।
राज्य व्यवस्था समितिको शुक्रबार बिहानको बैठकमा नेकपा एमालेका सांसद रघु जी पन्तले भने, ‘यस सम्झौताले अनावश्यक र अवाञ्छित राजनीतिक प्रभाव, दबाव र हस्तक्षेपलाई निम्त्याउँछ र आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई प्रवेश गर्ने वातावरण बनाउँछ ।’
भारतीय दूतावासले सुरुमा ३ करोड, ५ करोड हुँदै अहिले २० करोड रुपैयाँसम्म खर्च गर्न पाउने सम्झौताले एकदमै चिन्ता लागेको पन्तले बताए । यो सम्झौताले नेपालको स्वतन्त्र निर्णय गर्न सक्ने अधिकारलाई पनि रोक्ने भन्दै उनले प्रधानमन्त्रीलाई विचार गर्न आग्रह गरेका थिए ।
प्रकाशित समय : १०:४७ बजे



















