global ime bank Long Banner Ad

गृहपृष्ठ सशस्त्री प्रहरी बलमा १९७ जनालाई रोजगारीको अवसर

सशस्त्री प्रहरी बलमा १९७ जनालाई रोजगारीको अवसर

सशस्त्री प्रहरी बलमा १९७ जनालाई रोजगारीको अवसर

सशस्त्री प्रहरी बलमा विभिन्न पदमा १९७ जनालाई रोजगारी खुलाइएको छ ।

सशस्त्र प्रहरी बलको मानवश्रोत विभागले सूचना प्रकाशित गर्दै सशस्त्र प्रहरी निरीक्षक पदमा ९९ जना र सशस्त्र प्रहरी सहायक निरीक्षक ९८ जनाका लागि रोजगारी खुलाइएको जानकारी दिएको हो ।

सूचनाकाअनुसार सशस्त्र प्रहरी निरीक्षक पदमा खुल्लातर्फ ५४, अमर तथा अशक्त सशस्त्र प्रहरीका सन्ततितर्फ ४ जना, महिलातफए ८ जना, आदिवासी जनजातीतर्फ १३ जना, मधेशी ११ जना, दलिततर्फ ७ जना र पिछडिएको क्षेत्रतर्फ २ जना गरि कुल ९९ जनाका लागि रोजगारी खुलाएको छ ।

त्यस्तै, सशस्त्र प्रहरी सहायक निरीक्षकतर्फ खुल्लामा ५३ जना, अमर तथा अशक्त सशस्त्र प्रहरीका सन्ततितर्फ २ जना, महिला ८ जना, आदिवासी जनजाती १५ जना, मधेसी १३ जना, दलित ६ जना र पिछडिएको क्षेत्रतर्फ १ जना गरि ९८ जनाका लागि रोजगारी खुलाइएको हो । सशस्त्र प्रहरी सहायक निरीक्षकअन्तर्गतका ९९ जनामध्ये ६५ जना प्रहरी परिचर (भान्छे), प्रहरी परिचर (कुचिकार) १० जना, प्रहरी परिचर (सूचिकार) ४ जना, प्रहरी परिचर (कोशकतर्फ) ४ जना, प्रहरी परिचर (चर्मकर्मी) ५ जना र प्रहरी परिचर ९माली० ३ जनाका लागि रोजगारी खुलाइएको छ ।

सशस्त्र प्रहरीकाअनुसार सम्बन्धित पदमा योग्यता पुगेका नेपाली नागरिकले माघ २१ गतेसम्म सामान्य दस्तुरमा र माघ २८ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सक्ने जनाएको छ ।

प्रकाशित समय : १०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु