बालकुमारी घटनाबारे छलफल गर्न बालुवाटारमा उच्चस्तरीय बैठक जारी
वि.सं.२०८० पुस १४ शनिवार १०:०३
shares

शुक्रबार भएको बालकुमारी घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा बालुवाटारमा उच्चस्तरीय बैठक जारी छ ।
उपप्रधानमन्त्रीहरु, सरकारका उच्चपदस्थ कर्मचारी र सुरक्षा प्रमुखहरूको संलग्नता रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बालकुमारीमा हिजो भएको प्रदर्शनमा २ जना युवकको ज्यान गएको थियो ।
प्रधानमन्त्री प्रचण्डले हिजो नै यो घटनाप्रति गहिरो दुख व्यक्त गर्दै घटनाका विषयमा सत्य तथ्य छानबिन गर्न निर्देशन दिएका थिए । घटनामा प्रहरी संवेदनशील नदेखिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

























