एनआइसी एसिया बैंकको २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८० पुस ८ आइतवार १६:५३
shares

एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको शेयर बिक्रीमा आएको छ । कम्पनीले २५ हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामी बिक्री खुला गरेको हो ।
जसका लागि न्यूनतम मूल्य ८०० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
लगानीकर्ताले यसमा पुष १६ गतेसम्म एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

























