काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जलेश्वरमा रास्वपाको संयुक्त बैठक आज पनि बस्दै

5.36K
shares

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा आज पनि बस्दै छ।

आज बिहान ८ बजेदेखि ९ बजेसम्म केन्द्रीय समितिको बैठक बस्ने छ। ९ देखि १० बजेसम्म संसदीय दलको बैठक बस्ने कार्यतालिका तय गरिएको छ। तय भएको समय केही तलमाथि हुन सक्ने पनि रास्वपाले जानकारी दिएको छ।

आजको बैठकमा संसदीय दल र पार्टीको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। संसदीय दलको प्रतिवेदन प्रमुख सचेतक सन्तोष परियारले प्रस्तुत गर्नेछन्। पार्टीको राजनीतिक प्रतिवेदन सभापति रवि लामिछानेले पेश गर्ने कार्यतालिका रहेको छ।

सभापति लामिछानेको प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने र त्यसपछि महाधिवेशन प्रक्रियाबारे छलफल हुने बताइएको छ। आजै साँझ साँढे ६ बजे नीति विचार प्रतिनिधिमण्डलको छुट्टै बैठक पनि बस्ने छ।