गृहपृष्ठ डलरसँग थप कमजोर बन्यो नेपाली रुपैयाँ

डलरसँग थप कमजोर बन्यो नेपाली रुपैयाँ

डलरसँग थप कमजोर बन्यो नेपाली रुपैयाँ

बुधबार नेपाली रुपैयाँ अमेरिक डलरसँग थप कमजोर बनेको छ । अघिल्लो दिन सामान्य घटेको डलरको मूल्य आज फेरि बढेको हो ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी एकको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा कायम भएको छ । अघिल्लो दिन भने अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८५ पैसा र बिक्री दर १३३ रुपैयाँ ४५ पैसा कायम भएको छ ।

त्यसैगरी आज बेलायती पाउण्डको एकको खरिद दर १६३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६४ रुपैयाँ २९ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्डको खरिददर १६४ रुपैयाँ ८९ पैसा र बिक्री दर १६५ रुपैयाँ ६४ पैसा रहेको थियो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार बुधबार युरो एकको खरिददर १४२ रुपैयाँ ८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७३ पैसा पुगेको छ । अघिल्लो दिन युरोको खरिददर १४२ रुपैयाँ ८५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५० पैसा रहेको थियो ।

यस्तै, बुधबार अष्ट्रेलियान डलर एकको खरिददर ८६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७५ पैसा कायम भएको छ । त्यस्तै क्यानडीयन डलरको एकको खरिददर ९६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९७ रुपैयाँ १२ पैसा कायम भएको छ । सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ११ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

त्यस्तै जापानी ऐन १० को खरिददर ८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८ रुपैयाँ ८८ पैसा कायम भएको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा, कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३५ पैसा तोकिएको छ । त्यस्तै मेलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र बिक्रीदर २८ रुपैयाँ ५८ पैसा कायम भएको छ ।

प्रकाशित समय : १०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु