skip this prabhu bank contant

गृहपृष्ठ ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

सर्लाहीको गोडैता नगरपालिका–८, सिसौटियामा गएराति ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।

गाउँको भित्री सडकमा बाँस लोड गरिएको ना ५ त ६१८२ नम्वरको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा ट्याक्टरका चालक गोडैता नगरपालिका–७, का ४० वर्षीय अशेश्वर पटेल र सह–चालक गोडैता नगरपालिका–८, का २८ वर्षीय शंकर पटेलको मृत्यु भएको हो।

चालक अशेश्वरलाई उपचारका लागि मलंगवाबाट वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमा नै र सह–चालक शंकरको घटनास्थलमै मृत्यु भएको डीएसपी दीपेन्द्र पन्जियार बताए।

दुर्घटनामा गोडैता नगरपालिका–८, बस्ने २० वर्षीय रुपेश महतो र रौतहटको परोहा नगरपालिका–८, बस्ने २४ वर्षीय जयप्रकाश पटेल घाइते छन्।

उनीहरुको प्रादेशिक अस्पताल मलंगवामा उपचार भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित समय : १०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु