काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

टी–२० विश्वकपमा छनोट भए नोबेल अस्पतालले नेपाली क्रिकेट टोलीलाई १५ लाख रुपैयाँ दिने

6.47K
shares

आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोली छनोट भए विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले टोलीलाई १५ लाख रुपैयाँ प्रोत्साहन स्वरुप उपलब्ध गराउने भएको छ।

अस्पतालका निर्देशक दिपेश राईका अनुसार हाल सेमिफाइनलमा प्रवेश गरेको टोलीलाई फाइनलमा प्रवेश गरेसँगै ५ लाख र उपाधि जिते १५ लाख गरी कुल २० लाख रुपैयाँ अस्पतालले प्रोत्सहान रुपमा उपलब्ध गराउने छ।

अस्पतालले यसबारे आधिकारिक रुपमा नेपाल क्रिकेट संघ (क्यान)लाई जानकारीसमेत गराएको उनको भनाइ छ।

गतवर्ष असारमा अस्पतालले कोशी प्रदेश खेलकुद विकास बोर्डसँग अन्तर्राष्ट्रिय खेलमा सहभागी खेलाडीलाई निःशुल्क उपचार गराउने सम्झौता गरेको थियो। सो सम्झौताअनुसार पाँच वर्षसम्म खेलाडीहरुले निःशुल्क उपचार सेवा पाउने छन्।