काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शतकसहित ५ विकेट लिने खेलाडीलाई २० लाख पुरस्कार दिने डिसहोमको घोषणा

7.27K
shares

डिसहोम नेटवर्कले आइसिसी मेन्स टी २० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिताका जारी खेलमा नेपाली टिमको हौसला बढाउन नगद पुरस्कार घोषणा गरेको छ । डिसहोमले नेपाली क्रिकेट खेलाडीले मैदानमा देखाएको प्रयत्नमा खुसी व्यक्त गर्दै हरेक रन र हरेक विकेटमा खेलाडीको हौसला बढाउन नगद पुरस्कार घोषणा गरेको हो ।

मूलपानी र कीर्तिपुरमा एसियाका ८ टिमबीच जारी प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, सिंगापुर, मलेसिया र ओमान तथा समूह ‘बी’ मा बहराइन, हङकङ, यूएई र कुबेत छन् । सेमिफाइलन जित्ने दुई टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आइसिसी मेन्स टी २० विश्वकप कप खेल्नेछन् ।

नेपाल सेमिफाइनल प्रवेश गरिसकेको छ । सेमिफाइनल जिते नेपालले विश्वकपमा दोस्रोपटक सहभागिता जनाउनेछ । यसअघि नेपालले सन् २०१४ मा टी२० विश्वकप खेलेको थियो ।

डिसहोमले उक्त खेलमा शतकसहित ५ विकेट लिने खेलाडीलाई २० लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरेको छ । यस्तै शतक प्रहार गर्ने खेलाडीलाई १० लाख, ५ विकेट लिनेलाई ५ लाख, अर्धशतक प्रहार गर्ने खेलाडीलाई १ लाख, ३ विकेट लिने खेलाडीलाई १ लाख, ३५ रन बनाउने खेलाडीलाई ५० हजार र क्याच स्टम्पिङ गर्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिइने कम्पनीले जनाएको छ ।