सात दिनभित्र हाजिर हुन गैरहाजिर भएका २२ प्रहरीलाई निर्देशन
वि.सं.२०८० कात्तिक १३ सोमवार ०७:५४
shares

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले गैरहाजिर प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा तथा सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएका २२ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।
गैरहाजिर हुनेमा प्रहरी जवानदेखि हवल्लार तथा सहायक नीरिक्षकसम्म २२ जना छन् ।


























