कुशल भुर्तेलको आक्रामक ब्याटिंग, अर्धशतक पुरा
वि.सं.२०८० कात्तिक १० शुक्रवार १२:००
shares

कुशल भुर्तेलले युएईविरुद्ध अर्धशतक पुरा गरेका छन् । भुर्तेलले आक्रामक ब्याटिंग गर्दै २८ बलमा अर्धशतक पुरा गरेका हुन् ।
कुशलले ६ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् । टी-२० खेलमा कुशलको छैटौं अर्धशतक हो ।
नेपालले अहिलेसम्म ७.२ ओभरमा २ विकेट गुमाएर ६७ रन बनाएको छ ।

























