आक्रामक ब्याटिङ गरिरहेका भुर्तेल सहित नेपाले गुमायो ३ विकेट
वि.सं.२०८० कात्तिक १० शुक्रवार १२:१२
shares

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले तेस्रो विकेट गुमाएको छ। अहिले क्रिजमा कप्तान रोहित पौडेल र दीपेन्द्र सींह ऐरी रहेका छन्।
आक्रामक ब्याटिङ गरेका ओपनर कुशल भुर्तेल ५० रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए। उनको यो टी-२० अन्तराष्ट्रियमा छैटौं अर्धशतक हो। उनलाई जहुर खानले बोल्ड गरेका थिए।
त्यसअघि कुशल दोस्रो ओभरको दोस्रो बलमा ब्यक्तिगत ५ रनमा जीवनदान पाएका थिए। तीव्र गतिका बलर जुनैद सिद्दिकको दोस्रो बलमा उनको क्याच जवादुल्लाहले छाड्न पुगेका थिए।
त्यस्तै ओपनर आसिफ शेखले १२ बलमा ७ रन बनाएर आउट हुँदा कुशल मल्ल १ रनमानै पेभिलियन फर्किएका थिए। युएईका लागि आयान खानले २ विकेट लिंदा जाहुर खानले अर्को एक विकेट लिएका हुन ।

























