काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शेयर बजार १३ अंकले बढ्दा १७३ कम्पनीको शेयर मूल्य बढ्यो

5.46K
shares

मगंलबार शेयर बजारमा हरियाली छाएको छ । सोमबार भारी अंकले घटेको शेयर बजार आज भने सामान्य अंकले उकालो लागेको हो । आज नेप्से परिसूचक १३ दशमलव १८ अंकले बढेर १,८६४ को विन्दुमा कायम भएको छ ।

आज १७३ कम्पनीको मुल्य बढेको छ भने ५७ कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल्स एण्ड टुरिजम, निर्जीवन बीमा उपसूक र ट्रेडिङ उपसूचक घटेका छन् ।

आज २८९ कम्पनीको ३८ लाख १३ हजार २३३ कित्ता शेयर किनबेच हुँदा १ अर्बमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ४ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा जिआइसी इन्स्योरेन्सको ४ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंक २ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड १७ लाखको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआइबिएल प्रगति फण्डका इकाईधनीले कमाएका छन् । आज यस फण्डका इकाईधनीले ७ दशलमव ३५ प्रतिशतका दरले कमाएका छन् । श्वेत गंगा हाइड्रोका लगानीकर्ताले ६ दशलमव ९१ प्रतिशतका दरले कमाएका छन् । सिद्धार्थ इक्विटी फण्डका इकाईधनीले ६ दशमलव ४८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्टका इकाईधनीले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ८ दशलमव ५३ प्रतिशतका दरले गुमाएका छन् ।