काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विश्व बैंकले नेपाललाई साढे दुई अर्ब अनुदान दिने

4.91K
shares

विश्व बैंकले नेपालाई साढे दुई अर्ब रुपैयाँ अनुदान दिने भएको छ ।

नेपालको कृषि र पोषण क्षेत्रका लागि विश्व बैंकले दुई करोड अमेरिकी डलर (दुई अर्ब ६५ करोड रुपैयाँ) अनुदान सहयोग दिने भएको हो । विश्व बैंकले दिएको उक्त अनुदान सहयोग खाद्य तथा पोषण सुरक्षा वृद्धि परियोजनाका लागि खर्च गरिनेछ । परियोजनाले १६ गाउँपालिकाका ५५ हजार किसान लाभान्वित हुनेछन् ।

कृषिको उत्पादकत्व र पोषण अभ्यास सुधारका लागि यो परियोजनाले सहयोग गर्नेछ । खाद्य र पोषण सुरक्षाले नेपालको गरिबी घटाउने राष्ट्रिय लक्ष्यमा समेत सहयोग गर्नेछ विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंका देशीय प्रमुख फारिस हजाड जर्भोसले बताए । यसबाट दिगो विकासअन्तर्गत जिरो हंगरको लक्ष्य कार्यान्वयनमा समेत सहयोग पुग्ने उनले बताए ।

त्यस्तै, एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई सवा १३ अर्ब रुपैयाँबराबरको सहुलियतपूर्ण कर्जा दिने भएको छ । नेपालको वित्तीय व्यवस्थापन तथा विकेन्द्रीकरणमा सहयोग गर्न एडिबीले १० करोड अमेरिकी डलर (१३ अर्ब २६ करोड) सहुलियतपूर्ण कर्जा दिने भएको हो ।

उक्त ऋण सार्वजनिक वित्तीय व्यवस्थापन मजबुद बनाउन, सेवा प्रवाह विकास, संरचनागत वित्तीय हस्तान्तरण, खर्च र ऋण व्यवस्थापनलगायतमा खर्च गरिनेछ ।एडिबीको यो सहयोग कार्यक्रमले पुँजीगत खर्चलाई प्रभावकारी, परिणामुखी, सार्वजनिक संस्थाहरूको सुधार, वित्तीय जोखिम घटाउन, वित्तीय पारदर्शिता र प्रभावकारिता बढाउन प्रविधीकरण गर्न प्रयोग हुने एडिबीका सार्वजनिक व्यवस्थापन अर्थशास्त्री चन्दन सापकोटाले बताए ।