काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यस्तो छ फलफूल तथा हरियो तरकारीको मूल्य

5.17K
shares

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेँडा सानो प्रतिकेजी ४५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा पनि ६५, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४६, भारतीय सुकेको प्याज ६४ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।

बजारमा आज लोकल गाजर प्रतिकेजी १४०, मूला सेतो लोकल ७०, घिउ सिमी लोकल ५०, भन्टा लाम्चो २५, मकै बोडी ८०, भटमासकोशा ७०, तितो करेला ५०, लौका ४०, परवल लोकल ३०, हरियो फर्सी ३०, घिराैला ५० रुपैयाँ न्यूनतम मूल्यमा किनबेच भइरहेको छ ।

त्यसैगरी, डल्लेच्याउ प्रतिकेजी ३००, कन्य च्याउ १४०, कुरीलो ४००, ब्रोकाउली २५०, भिण्डी ४०, रायो साग ६०, तोरीको साग २०, हरियो प्याज ९०, काँक्रो लोकल ७० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको समितिले जनाएको छ ।

फलफूलमा आज केरा दर्जनको १५०, फूजी स्याउ २५०, अनार ३२०, अंगुर कालो ४००, तरबुजा ५०, मौसम १५०, लोकल नासपाती ८०, भारतीय मेवा ९०, आभोकाडो २०० र अम्बा १०० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।