काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

6.97K
shares

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो। आजको बैठकमा समसामयिक राजनीति, आन्तरिक पार्टी संरचनालगायत विषयमा छलफल हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठकमा साउन २०-३० सम्म भएको पार्टीको आन्तरिक विशेष अभियान, पोलिसी ह्याकाथन र बीपी साहित्य महोत्सवको समीक्षा हुने छ। आन्तरिक विशेष अभियानमा काँग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाएको थियो। काँग्रेसले युवालाई नीति निर्माणमा जोड्ने उद्देश्यले ‘गिग इकोनोमी’ र ‘क्लाइमेट एक्सन’ विषयमा पोलिसी ह्याकाथन आयोजना गरेको थियो।

काँग्रेसले भदौ ९ मा पोलिसी ह्याकाथनबाट तीन उत्कृष्ट अवधारणा छनोट गरेको थियो। यसका साथै बैठकले महासमिति बैठकको एजेण्डा तय गर्नेछ। काँग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ । २०७८ मंसिर-पुस सम्पन्न १४ औँ महाधिवेशनमा नेतृत्व मात्र चयन गरेको काँग्रेसले आगामी महासमिति बैठकमाथि नीति तय गर्नेछ। काँग्रेसले असोज ४ बाट सुरु हुने केन्द्रीय समिति बैठकलाई महासमिति बैठकको तयारीका रूपमा लिएको छ।