गृहपृष्ठ राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो साढे २ बजे बस्ने भएको हो ।
आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
सोमबार निधन भएका नेम्वाङको आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदै छ।
प्रकाशित समय : १०:५४ बजे