काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यस साता १९ अंकले घट्यो शेयर बजार, अर्को साता के होला ?

6.34K
shares

यस साता पनि शेयर बजारमा सधार भएको छैन । अघिल्लो साता पनि ओरालो लागेको शेयर बजार यस साता पनि १९ अंकले ओरालो लागेको छ । गत साता २०३३.१३ विन्दुमा बन्द भएको नेप्से, यस साता करिब १ प्रतिशतले घटेर २०१३.९३ विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनमध्ये २ कारोबार दिन नेप्से बढेको छ भने ३ कारोबार दिन नेप्से घटेको छ। यस साताको मंगलबार र बुधबार नेप्से परिसूचक बढेको थियो आइतबार, सोमबार र बिहिबार घटेको थियो ।

यस साता सेन्सेटिभ इण्डेक्स ०.४७ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ०.९० प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ प्रतिशत घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा २ अर्ब १० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३०.८८ प्रतिशत कम हो। यस साता दैनिक औषत शेयर संख्या २०.४१ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ३५.७२ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब १ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ४३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २८ अर्ब रुपैयाँ अर्थात ०.९२ प्रतिशत घटेर ३० खर्ब १४ अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.०७ प्रतिशत घटेको छ। गत साता ५७२५.६८ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ११८.३० अंक घटेर ५६०७.३८ विन्दुमा झरेको छ। त्यसैगरी, यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.२७ प्रतिशत घटेको छ।

अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ। गत साता १११७५.११ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता १३५.२० अंक घटेर ११०३९.९१ विन्दुमा झरेको छ।

यस साता दुई कम्पनीको १४ लाख ४६ हजार ६७५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत भएको हो भने जाल्पा समुदायिक लघुवित्त वित्तीय संस्था बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।