काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कुन्मिङ व्यापार मेलामा ५६ अर्ब अमेरिकी डलरको लगानी सम्झौता

4.1K
shares

दक्षिण एसिया व्यापार मेला सम्पन्न भएको छ । मेलामा ५६ अर्ब १० करोड अमेरिकी डलर बराबरका तीन सय ३८ परियोजनामा हस्ताक्षर भएको छ ।

कोभिड–१९ महामारीपछि चीन–दक्षिण एसिया व्यापार मेला भौतिक रुपमा पहिलो पटक आयोजना गरिएको हो । दक्षिणपश्चिम चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा आयोजना भएको पाँचदिने मेलामा ८५ देश, क्षेत्र र अन्तरराष्ट्रिय सङ्घसंस्थाका तीस हजारभन्दा बढी प्रदर्शकका साथै प्रतिनिधि र पाहुनासहभागी भएका थिए ।

सन् २०१३ मा राष्ट्रपति सी चिनफिङले विश्व विकासको विशाल परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) घोषणा हुँदा कुनमिङमा पहिलो चीन–दक्षिण एसिया एक्स्पो आयोजना भएको थियो । विगतका वर्षहरूमाभन्दा यो वर्ष मेलामा सहभागी देश, क्षेत्र र अन्तरराष्ट्रिय संस्थाको सङ्ख्या दोब्बरले वृद्धि भएको छ ।

दश वर्षपछि व्यापार, लगानी, पर्यटन सहयोग र सांस्कृतिक आदानप्रदानलाई एकीकृत गर्ने बृहत् व्यापार मेला चीन र दक्षिण एसियाली देशका साथै अन्य देशबीचको व्यापारिक आदानप्रदानका निम्ति उपलव्धिमूलक भएको मेला आयोजक युनान प्रान्तीय सरकारले जनाएको छ ।

बितेको एक दशकमा व्यापार मेलाले चीन र दक्षिण एसियाबीचको घनिष्ठ सम्बन्ध उजागर गर्नाका साथै चीन र दक्षिण एसियाली देशबीचको व्यापारको मात्रामा दोब्बरले बढोत्तरी मात्रभएको छैन अपितु चीन वर्षौंदेखि पाकिस्तान, बङ्गलादेश र माल्दिभ्सको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ ।