काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

 एमालेले भन्याे- ‘उच्चस्तरिय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक’

3.93K
shares

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले उच्च स्तरिय छानबिन समिति बनाउन प्रधानमन्त्री सकरात्मक रहेको बताएका छन् ।

आईतबार संसद अवरोध हटाउन प्रधानमन्त्रीको आवह्वानमा बसेको सर्वदलीय बैठकको पछि पत्रकारहरुसंग कुरा गर्दै उनले छानबिन समिति गठन गर्न प्रधानमन्त्रीलगायत सत्तापक्ष सकारात्मक भएको बताएका हुन् ।

उनले भने ‘प्रधानमन्त्रीलगायत सत्ता पक्ष अरु समितिले पनि उच्च स्तरिय छानबिन समिति बनाउदा खेरी सिआईविको अनुसन्धान प्रभावकारी हुन्छ की भन्ने दृष्टीकोण छ उहाँको । यस विषयमा छलफल गर्ने र उच्च स्तरिय छानविन समिति बनाउने कुरामा हामी सकारात्मक छौं भन्नु भएको छ । ’

उनले सुन तस्करी धेरै ठुलो घटना र देशको अथृतन्त्रलाई गम्भीर प्रभाव पार्ने खालको विषय भएको बताएका छन् ।

राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्ने खालको घटनाप्रतिमा उच्च स्तरिय छानबिन समिती बाहेक यो कुराको निर्क्यौल हुन नसक्ने उनको भनाई छ ।