काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ठूलोखोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

3.68K
shares

ठूलोखोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज आइतबार एक समारोह बीच आइपीओ निष्काशनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गर्न सम्झौता गरेको हो ।

उक्त सम्झौतामा ठूलो खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट संचालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशन गर्नेछ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना “माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना” म्याग्दी जिल्लामा अवस्थित रहेको छ र सो योजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।