काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन

3.38K
shares

अवरुद्ध सदन सुचारु गर्ने विषयमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक सहमतिमा पुग्न सकेन।

बैठकमा प्रमुख प्रतिपक्ष एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने अडान नछोडेपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो।

बैठकपछि रास्वपा सभापति रवि लामिछानेले सदन खुलाउनुपर्छ भन्नेमा सबै दल सहमत रहेको र त्यसका लागि भोलि फेरि बैठक बस्ने बताए।

एमालेले राखेको उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने मागका विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीआईबीले अनुसन्धान गरिरहेकाले अर्को समिति बनाउँदा छानिबन प्रभावित हुनसक्ने बताएका थिए।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ।