काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

राताम्मे शेयर बजार, आज २१ अंकले घट्यो

3.68K
shares

आज साताको पहिलो दिन शेयर बजारमा गिरावट आएको छ । आज आज शेयर बजार नेप्से परिसूचक २१ दशमलव ९९ अंकले घटेर २,०११ दशमलव १४ को विन्दुमा कायम भएको छ । आज २९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १९० कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६९ कम्पनीको ४४ लाख ५९ हजार ४५९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइएमई लाइफको शेयर कारोबार भएको छ ।

आज कम्पनीको ६ करोड ६३ लाख रपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ज्योति विकास बैंकको ४ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ४ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ५७ प्रतिशतका दरले कमाएका हुन् । आरएसडिसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । सानिमा लार्ज क्याप फण्डका इकाईधनीले ३ दशलमव ९७ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै कृषि विकास बैंक २०८३ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् । अपर साँगे हाइड्रोका लगानीकर्ताले ९ दशलमव ०२ प्रतिशतका दरले गुमाएका हुन् ।