काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एक सातापछि खुल्यो भीमदत्त राजमार्ग

7.14K
shares

भीमदत्त राजमार्ग एक सातापछि खुलेको छ । कैलालीमा २२ साउनमा गएको पहिरोले अवरुद्ध भएको राजमार्ग आइतबार साँझदेखि सञ्चालनमा आएको हो ।

गोदावरी नगरपालिका–४ को बुढीतोलामा गएको पहिरो पन्छाइएपछि राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले सडकमाथिबाट आएको पहिरो पन्छाएर राजमार्ग सञ्चालन गरिएको जानकारी दिए ।

पहिरो पन्छाए पनि उक्त क्षेत्रमा हिलो र दलदल कायमै रहेका कारण सवारीसाधनलाई जेसीबीको सहायताले पास गराइरहेको छ ।

तत्काल राजमार्ग सञ्चालनमा आए पनि जोखिम कायम हुँदा ढुक्क हुने अवस्था नरहेकाले जेसीबी, एक्साभेटर र लोडर तयारी अवस्थामा राखिएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

राजमार्ग सञ्चालन भएसँगै एक हप्तादेखि तराईका जिल्लासँग विच्छेद भएको सुदूरपश्चिमका ६ पहाडी जिल्लाको सडक सम्पर्क जोडिएको छ ।