काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तस्विरमा हेर्नुहोस् बाढी पहिराे

6.41K
shares
शुक्लाफाँटा नगरपालिका– १२ तिलकीका स्थानीय बासिन्दा वनहरा नदीमा भत्किएको तटबन्ध मर्मत गर्दै । नदीले धार परिवर्तन गर्ने सम्भवना बढेपछि स्थानीय बासिन्दाले श्रमदान गरी आफनै पहलमा तारजालीको व्यवस्था गरी तटबन्ध मर्मत गरेका छन ।

कैलालीको भजनी नगरपालिका आएको बाढीले कटान गरेपछि अस्तव्यस्त भएको ग्रामीण सडक । बाढीका कारण दर्जनभन्दा बढी सडक बाढीले बगाएपछि नगरपालिकाले ती सडक मर्मतसम्भारको काम सुरु गरेको छ ।
म्याग्दीको बेनी–दरबाङ सडक खण्डअन्तर्गत बेनी नगरपालिका–४ फापर खेतमा आइतबार बिहान खसेको पहिरो र अवरुद्ध भएको सडक ।
मनाङ नसो गाउँपालिका– १ तालगाउँको बीचबाट बग्ने छहरे खोलामा तटबन्ध लगाउँदै । प्रदेश सरकार मातहात खानेपानी जलस्रोत तथा सिँचाइ सबडिविजन कार्यालय चामे मनाङको ४० लाख आर्थिक सहयोगमा बस्ती संरक्षणका लागि तटबन्धको काम भइरहेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा नाला निर्माण गर्दै कामदार । पोखरा–मुग्लिन सडक खण्ड विस्तारको काम भइरहेको छ ।