काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालीले एकबर्षमा ११ करोडको अचार बेचे

6.8K
shares

आर्थिक वर्ष ०७९/८० मा नेपालबाट १० करोड ९८ लाख ४४ हजार रुपैयाँ बराबरको अचार बाहिरिएको छ ।

एक आर्थिक वर्षमा १ लाख ६० हजार ६७२ किलो अचार निर्यात भएको भन्सार विभागको तथ्यांक छ । मुलुकबाट सबैभन्दा बढी अचार अमेरिकामा ३ करोड ८८ लाख १९ हजार रुपैयाँ बराबरको निर्यात भएको विभागले जनाएको छ ।

कोरियामा १ करोड ६८ लाख ९४ हजार, जापानमा १ करोड ६६ लाख ७६ हजार र अस्ट्रेलियामा १ करोड ३८ लाख ३८ हजार रुपैयाँ बराबरको अचार निर्यात भएको हो ।

बेल्जियम, क्यानडा, हङकङ, इटाली र लन्डनमा समेत नेपाली अचार निर्यात भएको विभागले जनाएको छ । आर्थिक वर्ष ०७८/७९ मा ३ करोड ८६ लाख ६४ हजारको अचार निर्यात हुँदा आर्थिक वर्ष ०७७/७८ मा ३९ लाख २२ हजार रुपैयाँको मात्रै अचार विदेश गएको छ ।