काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल लाइफ इन्स्योरेन्सले ६७ करोड बढी नाफा कमायो

8.13K
shares

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६७ करोड ४४ लाख रूपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । अघिल्लो वर्ष ३५ करोड २७ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यसवर्ष खुद नाफा गर्न सफल भएको हो ।

अघिल्लो वर्ष ७८ करोड १९ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले गत वर्ष १ अर्ब १८ करोड २७ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको आम्दानी बढेकाले खुद नोक्सानी सुधारिएको हो ।

अघिल्लो वर्ष १ अर्ब १३ करोड रूपैयाँभन्दा बढी खर्च भएकोमा गतवर्ष ५० करोड ८२ लाख रूपैयाँभन्दा बढी खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रूपैयाँ रहेको छ । जगेडा कोष रकम ६४ करोड ९७ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ६३ अर्ब ८२ करोड ६३ लाख रूपैयाँभन्दा बढी छ ।