उदयपुरको सडक बनाउन मन्त्रीलाई डेलिगेसन
वि.सं.२०८० साउन २३ मंगलवार २०:५४
shares

उदयपुरको सडक बनाउन भौतिक पूर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई ध्यानाकर्षण दिएको छ । उदयपुर–२ का संघीय सांसद अम्बर बहादुर रायमाझीसहितको टोलीले मन्त्री ज्वालालाई आज मंगलबार ध्यानाकर्षण गराएका हुन् । मध्यपहाडी लोकमार्ग अन्तरगत सुनकोसी करिडोर सडकसहित अन्य उदयपुरका सडकहरु चाँडो बनाउन मन्त्रीलाई डेलिगेसन दिएको हो ।
सुुनकोशी करिडोर सडक ७८ किमीको सडक हो । त्यसले उदयपुरको ७ वटा स्थानीय तहलाई छुन्छ । अहिलेसम्म उक्त सडकको काम कुनै पनि अगाडि नबढेकाले त्यसलाई चाँडो समाधान गर्ने मन्त्रीलाई सांसद रायमाझीको टोलीले आग्रह गरको हो ।

उक्त सडकको ठेक्का लागिसकेको तर काम हुन नसकेको सांसद रायमाझीले मन्त्रीलाई जानकारी गराएका थिए । ‘त्यो सहडकको ठेक्का लागिसकेको छ, तत्काल मुुल्यबृद्धि भयो भनेर त्यो रेटमा काम गर्ने नसक्ने भनेर निर्माण व्यवसायी अदालत गएको अबस्था छ’, रायमाझीले मन्त्रीलाई भने, ‘त्यो सडकमा सरकारको २०६८ साल देखि खर्च भैरहेको छ ।’
उक्त सडक बनेमा उदयपुर, खोटाङलाई लाभ हुने रायमाझीले बताएका थिए । त्यो बाटो बने पूर्वका जिल्लाबाट काठमाडौं आउन पनि छोटो हुने रायमाझीको भनाई थियो । अहिले अदालतमा सडकको विषयमा मुुद्दा परेकाले त्यसलाई समाधान गर्ने बरु योजनाको नाम परिवर्तन गरेर भएपनि त्यसलाई अगाडि बडाउन रायमाझीको माग थियो ।
उक्त सडको विषयमा आफुले पनि छलफल गरिरहेको मन्त्री ज्वालाले बताएका थिए । ‘म त्यो विषयमा सकारात्मक छुु, यसलाई कसरी समाधान गर्ने सकिन्छ त्यो हामी गर्ने छौँ’, मन्त्रीले भने, ‘म आयोजना प्रमुख र सचिव ज्युसँग छलफल गरेर त्यसलाई कसरी अगाडि बढाउन सकिन्छ बढाउछुु ।’
मन्त्रालयले गर्ने सबै योजनाहरुमा बजेट कम भएको कारणले गर्दा त्यसलाई आवश्यक पर्ने सबै बजेट एकै चोटि दिन नसक्ने भएपनि काम अगाडि बढाउने मन्त्री ज्वालाको भनाई थियो । ‘ठूूला आयोजनाहरुमा राष्ट्रिय योजना आयोगले मार्क नै गरेर पठाउने गरेको छ’, ज्वालाले भने, ‘त्यो बाहेकका अन्य आयोजना प्राय सवैको बजेट अभाव रहेको छ ।’
त्यो सकको लागि बैदेशिक सहयोगको लागि पनि छलफल गरिरहेको मन्त्रीले जानकारी दिए । ‘सुनकोशी करीडोर लगायतका आयोजनाहरुमा हामीले बैदेशिक सहयोगको लागि पनि छलफल गरिरहेका छौँ’, मन्त्रीले भने, ‘त्यसलाई समाधान गरौँ भन्ने नै हो । अहिले ठेक्का पनि लागेको तर काम पनि नभएको अबस्था छ त्यसको अन्त्य गर्ने पहल गछौँ’ ।
उक्त सडक चाँडो सम्पन्न गर्ने भारतीय बैंकसँग ऋणको प्रक्रिया अगाडि बढेको मन्त्रालयका सचिव केशव कुमार शर्माले बताए । ‘मैले त्यो सडकको महत्व बुुझेको छुु’, सचिव शर्माले भने, ‘अहिले त्यो सडकको विवाद अदालतमा भएकाले हामीले धेरै केही गर्ने मिल्दैन ।’
अदालतलाई पनि सडकसँगको मुद्दा चाडो समाधान गर्ने आग्रह गरेको सचिव शर्माले बताएका छन् । ‘हामीले अदालतसँग पनि सडकसँग जोडिएका मुद्दाहरु चाँडो समाधान गर्ने भनेका छौँ’, शर्माले भने, ‘हामी निर्माण व्यवसायीसँग पनि त्यो सडकको विषयमा छलफल गर्ने छौँ ।’
त्यस्तै गाईघाट मुकुर्ची, कुमारेभन्जाङ माचखर्क, बारा, बासबोटे, कुनाईघाट हलेसी सडकको पनि बजेट थप गर्ने र यहि वर्ष भित्र ठेक्का निकाल्न समेत रायमाझीले मन्त्रीलाई आग्रह गरेका छन् ।
त्यस्तै, बेतिनि माचखर्क, जाते लाफागाउँ कुर्लेटार सडकको पनि चाडो काम सुुरु गर्ने मन्त्रीलाई ध्यानाकर्षण गरिएको छ ।
उक्त सडकको विषय समाधान गर्ने सडकको ठेक्का पाएको निर्माण व्यवसायीसँग पनि छलपल गर्ने सांसदको टोली र मन्त्रालयका विच भएको छ । छलफलमा पूर्व मन्त्री, पूर्वसांसद, उदयपुरका सरोकारवालाको उपस्थिति रहेको थियो ।


























