काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पर्यटन व्यवसायीका लागि आयोजित ६ महिने चिनीयाँ भाषा तालिम सम्पन्न

7.62K
shares

नेपाल स्थित चिनीयाँ दुतावासको आयोजना तथा नेपाल पर्यटन बोर्ड र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषदको सहआयोजनामा संचालित ६ महिने चिनीयाँ भाषा तालिम सम्पन्न भएको छ ।

नेपाली पर्यटन व्यवसायीको भाषिक क्षमता अभिवृद्धि तथा नेपाल आउने चिनियाँ पर्यटकसँग बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यले पाँचौं चिनियाँ भाषा तालीम आयोजना गरिएको थियो । तालिममा पर्यटन बोर्डका कर्मचारी सहित ४० जना पर्यटन व्यवसायीहरुको सहभागिता रहको थियो ।
तालिमको समापनका अवसरमा सहभागिलाई प्रमाणपत्र वितरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव भरतमणी सुवेदीले नेपाल र चीनबीच लामो समयदेखि राजनीतिक,आर्थिक तथा सांस्कतिक सम्बन्ध रही आएको उल्लेख गर्दै यो तालिमले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि हुनुको साथै जनस्तरको सम्बन्धलाई समेत प्रगाढ बनाउनुपर्ने बताए ।
उनले मन्त्रालयले पोखरा र भैरहवामा पनि चिनीयाँ भाषा तालिम संचालन गर्न लागिएको जानकारी दिँदै दुतावासबाट सहयोगको अपेक्षा गरेका छन् ।

नेपाल स्थित चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले भाषा तालिमले भाषाको मात्र नभई चिनीयाँ कला संस्कृतिका बारेमा समेत जानकारी आदान प्रदान भएको बताए । उनले पर्यटन बोर्डसंगको सहकार्यमा हालै पोखरामा आयोजित ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’ सम्पन्न भएको र त्यसबाट नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुगेको बताउँदै आउने दिनमा पनि सहकार्य जारी रहने बताएका छन् ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालमा चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार भएको उल्लेख गर्दै यस प्रकारका तालिमले नेपालको पर्यटन प्रर्वद्धनमा सघाउन पुग्ने बताए। उनले पर्यटन प्रर्वद्धनका लागि दुतावाससंगको सहकार्यमा विभिन्न कार्यक्रमहरु भइरहेको जानकारी दिँदै यो भाषा तालिमले नेपाली पर्यटन व्यवसायीहरुको क्षमता अभिवृद्धि हुने अपेक्षा गरेको बताए । तालिम समापनका अवसरमा सहभागीहरुले विभिन्न चिनीयाँ नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।