काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माओवादीका आङ्बो तेस्रो पटक मुख्यमन्त्री बन्ने दाउमा, राप्रपा पनि ताक्दै

6.34K
shares

कोशी प्रदेशमा कसरी सरकार बनाउन भन्ने विषयमा गठबन्धन दलनै अनिर्णय बनेका छन् । जसका कारण कोशी प्रदेशको राजनीतिक पेचिलो बन्दै गएको छ । कोशी प्रदेशमा सरकार बनाउन मुख्य भुमिका नेकपा माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को देखिन्छ ।

कांग्रेस माओवादीको गठबन्धन र एमालेको तानातानमा राप्रपा परेको छ । भने, माओवादी मुख्यमन्त्रीका लागि लविङमा छ । माओवादीले कांग्रेस, राप्रपा, एस, जसपा र एमालेसँग आन्तरिक छलफल पनि गरिरहेको छ ।

कोशीको सरकारमा राप्रपा सरकारमा सहभागि हुने पक्षमा एउटा समुह छ । यो पक्षमा पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी छन् भने, उनीहरुलाई महामन्त्री डा. धवलशम्शेर जबराले साथ दिएका छन् ।

गत ११ पुस २०७९ मा प्रचण्ड नेतृत्वको केन्द्र सरकारमा जाँदा राप्रपाको लोकप्रियता घटेको उनीहरुको बुझाइ छ । यति मात्र होइन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको लोकप्रियता स्वाट्टै घटेको टिप्पणी गत जेठको पहिलो साता बसेको केन्द्रीय समिति बैठकमा नेताहरुले गरेको थिए ।

यता, लिङ्देन भने आफनो प्रदेश भएका कारण प्रदेश खारेजीको एजेन्डामा समर्थन जनाए सरकारमा सहभागि हुने पक्षमा छन् । एमाले, कांग्रेस, माओवादी, नेकपा एस र जसपा प्रदेश संरचना खारेजीको पक्षमा छैन । तर, यसको फाइदा लिन पक्षमा राप्रपा अध्यक्ष लिङ्देन देखिन्छन् ।

कोशी प्रदेशल सरकार पेचिलो बनेको समीकरणमा राप्रपा मुख्य भूमिकामा देखिएको छ । यो मौकाको फाइदा लिएर मुख्यमन्त्री समेत राप्रपाले ताक्न थालेको छ ।

माओवादी केन्द्र कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्र आङ्बोले कोशीको मुख्यमन्त्रीमा दाबी गरेका छन् । माओवादी केन्द्रका नेता आङ्बोले मुख्यमन्त्रीको आस भने तेस्रोपटक गरेका हुन् ।
अहिलेको चुनावपछि सुरुमा एमालेसँगको गठबन्धनमा प्रयास गरेका थिए । यस्तै, शीर्ष नेताहरूसँग काठमाडौंमा भएको छलफलमा आङ्बोले मुख्यमन्त्रीमा माओवादी केन्द्रको पनि दाबी रहेको बताएका हुन् ।

कांग्रेसको उद्धव थापाइतरको समूह पनि माओवादीलाई साथ लिँदा राप्रपा आउने हो भने मुख्यमन्त्री माओवादीलाई दिनुपर्ने पक्षका रहेको र सोहीअनुसार छलफल भइरहेको आङ्बोले जानकारी दिए ।

एमालेसँग ४० र राप्रपासँग ६ सांसद छन् । एमालेले आफ्नो पक्षमा बहुमत पु¥याउन सत्ता गठबन्धनबाट सांसदको मत तान्नुपर्ने हुन्छ भने एमालेले राप्रपासँगको गठबन्धनमा अर्को एक सांसद आफूतिर ल्याउनुपर्ने हुन्छ । तर, अहिलको अवस्थामा त्यो पनि एमालेका हकमा सम्भव देखिदैन ।

भोलीको तयारीमा सबै दल

कोशी प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका १६ गते मंगलबार साँझ ५ बजेभित्र सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गत साता गरेका थिए ।

अहिलेसम्मको अवस्था हेर्दा प्रदेश प्रमुखले दिएको समयभित्र बहुमतको सरकार बन्ने सम्भावना देखिदैन । जसका कारण प्रदेश प्रमुखले दिएको समयमा बहुमतको सरकार नबने यो प्रदेशको राजनीतिक कता जान्छ भन्ने प्रश्नको विषय बनेको छ ।

सर्वोच्चको आदेशबाट मुख्यमन्त्रीको कुर्सीबाट हटाइएका कांग्रेसका प्रदेशसभा संसदीय दलको नेता कांग्रेसले बहुमत पु¥याउने दाबी गर्छन् तर त्यसबारे अहिले केही बताउँन चाहँदैनन् । कांग्रेसले एक हप्तामा प्रक्रिया पु¥याएर सरकार बनाउने दाबी गरेको छ । उता एमालेपनि आफनो नेतृत्वकै सरकार कायम रहने दाबी गदै आएको छ । एमालेपनि कसको समर्थनमा सरकार बनाउने हो भनेर खुलाएको छैन ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ । बहुमत पु¥याउन सत्ता गठबन्धनलाई पनि अप्ठेरो छ । कांग्रेसका २९ जना, माओवादीका सभामुखसहित १३ जना र नेकपा एसका चार जना र जसपाका एक जना छन् ।

गठबन्धनभित्र तत्काल ४६ सांसद हुँदा विपक्षी क्याम्पमा समेत ४६ सांसद नै छन् । एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद गठबन्धनविरुद्ध अहिले छन् । तर, राप्रपालाई दुवै मुख्यमन्त्री फकाउन व्यस्त छन् । तर, राप्रपा सरकारको खेलमा लाग्ने पक्षमा छैन । जसका कारण सरकार बनाउन समस्या भएको हो ।

अदालतको आदेशपछि पनि कोशी प्रेदशमा बहुमतको सरकार बन्ने स्थीति छैन । भने, अहिलेको अवस्थामा कांग्रेसको गठबन्धन र एमाले नेतृत्वमा समेत तत्काल बहुमतको सरकार बन्न देखिदैन । यता, कांग्रेसका नेताहरु पनि माओवादीसँग गठबन्धन तत्काल नफेरिने पक्षमा छन् ।

सर्वोच्चले कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाको नियुक्ति पनि बदर गरेको छ । न्यायाधीशत्रय ईश्वरीप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले यस्तो आदेश दिएको हो ।

सभामुखको समर्थनसहित मुख्यमन्त्री भएका थापाको नियुक्तिलाई बदर गर्दै पुनः बहुमतको सरकार आह्वान गर्न सर्वोच्चले प्रदेश प्रमुखलाई परमादेश जारी गरेको हो । परमादेशमा साउन १७ सम्म सरकार गठनको म्याद दिइएको छ ।