प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुटारमा भेटवार्ता
वि.सं.२०८० साउन १५ सोमवार १०:२३
shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा अध्यक्ष ओलीबीच अहिले सदनको जारी अवरोध हटाउने विषयमा बालुवाटारमा छलपफल भएको छ ।
सदनको अवरोध हटाउने विषयमा छलफल गर्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्ड र ओली बालुवाटारमा छलफल भएको एमाले प्रमुख सचेतक पदम गिरीले बताए । बालुवाटार छलफल जारी रहेको छ ।
सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्ने हाम्रो माग छ । समिति बने सदन खुल्छ नभए विरोध यथावत रहने उनको भनाइ छ । हिजो पनि प्रचण्ड र ओलीबीच राजनीतिक विषयमा छलफल भएको थियो ।

























