काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माओवादी केन्द्रीय समिति बैठक पनि लाइभ

4.49K
shares

नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ हु्ने भएको छ । सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको थियो । १७ गते बस्ने बैठक लाइभ हुने माओवादीका सचिव डिलाराम आचार्यले जानकारी दिए ।

यसअघि नेपाली कांग्रेसले पनि केन्द्रीय समितिको बैठक लाइभ गरेको थियो । केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि बालुवाटारमा आज पदाधिकारी बैठक बसेको थियो ।

१७ गतेबाट बस्ने बैठकको हाम्रो पार्टीले आधिकारिक ढंगबाट लाइभ गर्छ। बैठकको सुरुआतदेखि अन्त्यसम्म सबै बैठक लाइभ गर्ने निर्णय भएको माओवादी सचिव आचार्यले जानकारी दिए ।