global ime bank Long Banner Ad

गृहपृष्ठ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१४ घर भई हाल काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने ६३ वर्षीय गमबहादुर पौडेल रहेका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार ज्ञानबहादुर भुजरलले दिएको जाहेरीका आधारमा पौडेललाई कार्यालयबाट खटिएको टोलीले महाराजगञ्जबाट पक्राउ गरेको हो । पक्राउ परेका पौडेललाई थप अनुसन्धानका लागि प्रहरी वृत नयाँ बानेश्वर पठाइएको उनले बताए ।

 

प्रकाशित समय : १७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु