काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुडानमा हवाई आक्रमण, १६ जनाको मृत्यु

7.25K
shares

सुडानका युद्धरत जनरलहरूले गरेको हवाई आक्रमण र तोप आक्रमणबाट मंगलबार खार्तुम क्षेत्रमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । सुडानमा १०० दिनभन्दा लामो युद्धपछि भएको पछिल्लो बमबारीमा मृत्यु भएकासहित युद्धका कारण देशभर कम्तीमा तीन ९०० जनाको मृत्यु भएको छ ।

एएफपीलाई उपलब्ध गराएको वक्तव्यमा पछिल्लो आक्रमणमा हताहत हुनेको सङ्ख्या अझै स्पष्ट नभएको जनाएको छ ।

सुडानमा सेना प्रमुख अब्देल फतह अल बुरहान र अर्धसैनिक र्यापिड फोर्स आरएसएफका कमाण्डर मोहम्मद हमदान डग्लोबीच गत अप्रिल १५ देखि युद्ध सुरु भएको थियो ।