काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अवैध सुन प्रकरणमा पक्राउ परेका डिएसपी केसी बर्खास्त

6.49K
shares

बुटवलमा व्यवसायीको ३५ तोला सुनसहित पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगहादुर केसी बर्खास्त भएका छन् ।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई गृहमन्त्रालयले बर्खास्त गरेको हो।

हेडक्वाटरले गरेको आन्तरिक छानबिनका क्रममा गम्भीर गल्ती गरेको देखिएकाले उनलाई बर्खास्त गर्नुपर्ने भन्दै गृहलाई सिफारिस गरेको थियो। केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले सोमबार बर्खास्त गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले डीएसपी केसीलाई बर्खास्त गर्नुपर्ने राय दिएपछि सोहीअनुसार बर्खास्तका लागि भन्दै गृह मन्त्रालयलाई प्रहरी हेडक्वाटरले पत्राचार गरेको थियो।