काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एक वर्षमा उन्नातीस हजार पर्यटकले घुमे म्याग्दी

6.2K
shares

एक वर्षको अवधिमा २९ हजार जनाभन्दा बढी पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । अघिल्लो वर्ष २०७८/७९ मा सात हजार नौ सय २६ जना विदेशी पर्यटकले भ्रमण गरेको म्याग्दीमा गत आर्थिक वर्ष २०७९/८० मा २९ हजार तीन सय २८ जना पर्यटकले भ्रमण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा म्याग्दी भित्रने पर्यटकको सङ्ख्या २२ हजार २१ र बाहिरिनेको सात हजार तीन सय सात जना रहेको छ । घोडेपानीको पर्यटक प्रहरीचौकीका साथै बेनी, भुरुङ तातोपानी र दरवाङस्थित प्रहरीचौकीले जिल्ला भित्रने र बाहिरिने पर्यटकको विस्तृत विवरणसहितको तथ्याङ्क राख्ने गर्छन् ।

म्याग्दीमा आउने पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी पर्यटकको रोजाइमा घोडेपानी, पुनहिल क्षेत्र पर्ने गरेको छ । धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोपारा, अन्नपूर्ण धौलागिरि, धौलागिरि सेञ्चुरी, धौलागिरि चक्रीय, धौलागिरि आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत धार्मिक, प्राकृतिक र ऐतिहासिकस्थलको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन् ।

छिमेकी पर्यटकीय जिल्ला मुस्ताङमा म्याग्दीको सडक भएर जाने गर्छन् । अमेरिका, फ्रान्स, इटली, जर्मनी, कोरिया, चीन, भारत, पोर्चुगल, अस्टे«लिया, नेदरल्याडका साथै भारतीय पर्यटक धेरै आउने पर्यटकीयस्थल घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताइन् ।

“अघिल्लो वर्षको तुलनामा गत वर्ष पर्यटक आगमन बढे पनि अपेक्षाकृत होइन”, उनले भने, “पथप्रर्दशक बिना पदयात्रामा जान नपाउने नियमका कारण कम आयस्रोत भएका र एक्ले घुम्न चाहने पर्यटक आएनन् ।” कोभिडपछि २०७६ यता यसपालि धेरै पर्यटक आएका हुन् ।

सबैभन्दा बढी २०७९ कात्तिकमा पाँच हजार छ सय २०, वैशाखमा पाँच हजार दुई सय २२, चैतमा चार हजार सात सय ९४, मङ्सिरमा तीन हजार २९, असोजमा दुई हजार चार सय ८५ जना पर्यटकले भ्रमण गरेका छन् । साउनमा छ सय ५२, भदौमा नौ सय ८९, पुसमा एक हजार सात सय १४, माघमा नौ सय ६१, फागुनमा एक हजार सात सय २३, जेठमा एक हजार छ सय ४९ र असारमा चार सय ९० पर्यटकले म्याग्दी भ्रमण गरेका प्रहरी कार्यालयको तथ्याङ्क छ ।

आव २०७६/७७ मा ५० हजार, आव २०७५/७६ मा ७५ हजार एक सय ९१, २०७४/७५ मा ७४ हजार सात सय ३३, २०७३/७४ मा ६९ हजार आठ सय ३७ जना विदेशी पर्यटकले म्याग्दी भ्रमण गरेका थिए । आव २०७२/७३ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको सङ्ख्या ४३ हजार छ सय ३२ जना र २०७७/७८ मा शून्य थियो ।