गृहपृष्ठ भन्सार विभागको टोली अनुसन्धान गर्न विमानस्थल भन्सार कार्यालयमा पुग्यो

भन्सार विभागको टोली अनुसन्धान गर्न विमानस्थल भन्सार कार्यालयमा पुग्यो

भन्सार विभागको टोली अनुसन्धान गर्न विमानस्थल भन्सार कार्यालयमा पुग्यो

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट तस्करीको सुन जाँचपास गराइएको प्रकरणमा अनुसन्धान गर्न भन्सार विभागको छुट्टै टोली खटिएको छ । बुधबार राजश्व अनुसन्धान विभागको टोलीले करिब १ क्वीन्टल सुन बरामद गरेसँगै विभागले अनुसन्धानका लागि टोली खटाएको हो ।

विमानस्थल भन्सार कार्यालय स्रोतका अनुसार बुधबार बिहान भन्सार जाँचपास गर्ने क्रममा शाखा अधिकृत सन्तोष चन्द र नायब सुब्बा कुमार ढकाल जिम्मेवारीमा थिए । चन्द र ढकालले नै उक्त सामानको चेकजाँच र जाँचपास गराएको पाइएको छ ।

विमानस्थल भन्सार स्रोतका अनुसार पैठारीकर्ताले आफ्नो विवरण उल्लेख गरी कार्गोमार्फत् ती सामान नेपाल ल्याएका थिए । कार्गोमार्फत् नेपाल आएको सामान विमानस्थलको कार्गोबाट सोझै भन्सार कार्यालयको गोदाममा आउने गर्छ ।

गोदामबाट जाँचपास गरेपछि मात्रै ती सामान बाहिर ल्याउन पाइन्छ । यतिबेला त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारीमा अरुण पोखरेल छन् । तर उनी बिरामी भएकाले दुई महिना विदामा बसेका छन् ।

उनको स्थानमा निमित्त कार्यालय प्रमुखका रुपमा नारद गौतम रहेका छन् । संलग्न कर्मचारीलाई निलम्बनको तयारी भएको छ ।

प्रकाशित समय : १०:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु