काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मौद्रिक नीतिपछि आर्थिक तरलता सम्बोधनको आसमा बैंक, ब्याजदर कार्टेलिङ हट्यो

10.12K
shares

नेपाल राष्ट्र बैंकले असार २६ गते मंगलबार २० अर्ब रिभर्स रिपो लिएको राष्ट्र बैंकले बुधवार फेरि २० अर्ब तान्यो । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न रिभर्स रिपो मार्फत बजारबाट तरलता खिच्ने अधिकारको प्रयोग गर्छ । गर्दै आएको छ ।

लामो समयसम्म तरलता अभावको समस्या झेलेका बैङ्कहरूसँग अहिले अनपेक्षितरुपमा अधिक तरलताको स्थिति छ । चालू आर्थिक वर्षमा जम्मा ६ पटक मात्र रिभर्स रिपो जारी गरेको राष्ट्र बैंकले पछिल्ला केही दिनमा मात्र यस्तो अवसर प्राप्त गरेको हो । यस पटक भने राष्ट्र बैंकले मागे भन्दा दुई गुणा बढी आवेदन रिभर्स रिपोका लागि बैंकहरुले पेश गरेको जनाएको छ ।

पछिल्लो पटक १४ दिनको लागि बैङ्किङ प्रणालीबाट यस्तो रकम खिचेको हो । लगानीयोग्य पुँजी लगानी हुन नसक्दा अहिलेसम्म राष्ट्र बैंकले ७५ अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरिसकेको छ ।

यस्तै, राष्ट्र बैंकले २० अर्ब रिभर्स रिपोको आह्वान गरेपनि बैंकहरुले भने ५३ अर्ब ५० करोडको आवेदन पेश गरेका थिए । राष्ट्र बैंकले न्युनतम १.५९ प्रतिशत र अधिकतम २।९२ प्रतिशत ब्याज कबुल गराउदा समेत बैंकहरुले ठूलो मात्रामा आवेदन दिएका छन् । राष्ट्र बैंकमा यस बोलकबोल प्रक्रियामा १८ वटा बैंक तथा वित्तीय संस्थाबाट १५८ वटा आवेदन परेको थियो ।

योसँगै अर्थमन्त्री डा.प्रकाश शरण महतले समेत मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति खुकुलो आउने आश्वासन दिइरहेका छन् ।

चालू आर्थिक वर्षको अन्तिम सप्ताहमा स्वभाविकरुपमा बैङ्किङ प्रणालीमा रकम निक्षेपका रूपमा बढ्ने गर्छ । तर, अहिलेको आर्थिक परिदृश्य हेर्दा नयाँ आर्थिक वर्ष शुरु भएपछि पनि तुरुन्तै सो रकम लगानी भइहाल्ने अवस्था छैन ।

बैङ्किङ प्रणालीमा पैसा थुप्रिँदै गएपछि अन्तर बैंकदर मात्र नभएर ट्रेजरी बिलको ब्याजदर समेत घट्दै आएको छ । जसमा बैंकहरुले आफूसँग रहेको निक्षेपको ९० प्रतिशतसम्म लगानी गर्न पाउँछन् । तर, अहिले उनीहरूको यस्तो लगानी निक्षेप अनुपात ८२.०२ प्रतिशतमा झरेको छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग ५ खर्ब भन्दा माथि लगानीयोग्य रकम थुप्रिएको छ । तर, व्यवसायीहरूले भने ऋण नलिइरहेको अवस्था छ । यता अन्तर बैंक ब्याजदर घटेर १.१० प्रतिशतमा झरेको छ । बैंकहरुले औषत २.३७ प्रतिशत ब्याजदर कायम भएको रिभर्स रिपोमा समेत पैसा जम्मा गर्न चासो देखाएका पाइएको छ ।

यस्तै, चालू आर्थिक वर्षको ११ महिना मुद्रास्फीतिमा केही कमी आएको देखिएको भए पनि असार महिनामा खाद्यान्न र गेडागुडी लगायतका दैनिक उपभोग्य वस्तुको मूल्यमा देखिएको अत्यधिक महँगीले मुद्रास्फीति फेरि उकालो लाग्ने देखिएको छ ।

भने, राष्ट्र बैंकले कसिलो मौद्रिक नीति जारी राख्यो भने बैंकहरुले आफूसँग भएको लगानीयोग्य रकम खर्च गर्ने कुनै ठाउँ पाउने छैनन । जसले गर्दा अधिक तरलताको समस्या अझै केही समयसम्म जारी रहने सम्भावना रहेको बैकविज्ञहरुले औल्याएका छन् ।

असार महिनामा मात्र ६ पटक रिभर्स रिपो खिचेको राष्ट्र बैंकले बैंकहरुलाई लगानीको लागि सहज वातावरण निर्माण गर्न आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा केही विशेष योजना ल्याउने राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले जानकारी दिए । राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक परिदृश्य हेर्दा बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिए पनि आन्तरिकरुपमा भने अर्थतन्त्र निकै जटिल अवस्थामा नै रहेको उनले बताए ।

बैंकले छुट्टै जिम्मेवारी र सैद्धान्तिक आधारमा चल्नु पर्ने बाध्यतामा रहेको राष्ट्र बैंकले लगानीमैत्री नीति अवलम्बन गर्दा हुने फाइदा र बेफाइदाको मूल्याङ्कनका साथै मुद्रास्फीति नियन्त्रण गर्ने योजना ल्याउने छ ।

यस्तै, नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले ब्याज कार्टेलिङ हटाउने निर्णय गरेको हो । आज विहानको बैठकले ब्याजदरमा कार्टेलिङ्ग हटाउने निर्णय गरेको हो ।

अब निक्षेपको ब्याजदर सम्बन्धित बैंकहरुले नै निक्षेपकर्तालाई व्याजदर तोक्नेछन् । अगामी साउनमा बैंकहरुले निक्षेपको ब्याजदर ११ प्रतिशत पुग्ने छ । तर घटाएको खण्डमा भने ९ प्रतिशत कायम हुनेछ ।

आगामी साउन १ गतेदेखि लागू हुने ब्याज पनि बैंकहरुले आफ्नो अनुकुलतामा थपघट गर्न सक्नेछन् । संस्थाको अवस्था हेरेरै ब्याज बढाउने, घटाउने तथा स्थिर राख्ने बैंकहरुको नै हातमा हुने निर्णय भएको नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए ।

ब्याजदरमा लामो समयदेखिको कार्टेलिङ अन्त्य भएको छ । गामी साउन महिनादेखि लागू हुने ब्याजदरमा पनि बैंकहरु आ–आफ्नै अनुकुलतामा थपघट वा स्थिर राख्न सक्ने उनको भनाइ छ ।