काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लक्ष्मी क्यापिटलले ‘लक्ष्मी भ्यालु फन्ड २’ निष्कासन गर्ने

5.57K
shares

लक्ष्मी क्यापिटलले लक्ष्मी भ्यालु फण्ड–२ निष्कासन गर्ने भएको छ । कम्पनीले साउन ५ गतेदेखि बन्दमुखी योजना ‘लक्ष्मी भ्यालु फन्ड–२’ प्रति इकाई १० रुपैयाँका दरले ८ करोड इकाई निष्कासन गर्न लागेको हो ।

जसमा १ करोड २० लाख इकाई वा कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई छुट्याइएको छ । बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिने छ । न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईका लागि आवेदन दिन सकिनेछ ।

यसमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा साउन १९ गतेसम्म आवेदन दिन सकिने छ । यसमा सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।