गृहपृष्ठ अन्तिम संस्कारका लागि प्रचण्डपत्नी दाहाललाई पशुपति आर्यघाट

अन्तिम संस्कारका लागि प्रचण्डपत्नी दाहाललाई पशुपति आर्यघाट

अन्तिम संस्कारका लागि प्रचण्डपत्नी  दाहाललाई पशुपति आर्यघाट

आज बिहान निधन भएकी प्रधानमन्त्री पत्नी सीता दाहालको शव अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको छ ।

निधनपश्चात उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा लगिएको थियो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीपछि सीताको शवयात्रा आर्यघाटका लागि निस्केको थियो । आर्यघाटमा अन्तिम संस्कारको तयारी भएसँगै अहिले सयौँ सर्वसाधारण पनि जम्मा भइसकेका छन् । पेरिसडाँडाबाट शवयात्रा सुरु हुनुअघि नै आर्यघाटमा अन्तिम संस्कारका लागि तयारी थालिएको छ ।

आज बिहान नर्भिक अस्पतालमा सीता दाहालको निधन भएको थियो । पेरिसडाँडाबाट उनको शव पशुपति लगिएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रकाशित समय : १४:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु