काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मोबाइल बैंकिङ सेवा २ करोड जनताको हातमा, इन्टरनेट बैंकिङका प्रयोगकर्ता १८ लाख

10.19K
shares

नेपाल राष्ट्र बैंकका अनुसार अनलाइन कारोबार गर्ने ग्राहकको संख्या वार्षिक रुपमा बढिहरेको छ । मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्यामा पनि उल्लेख्य वृद्धि भएको बैंकको तथ्यांकमा छ ।

गत वैशाखमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ७ लाख ६३ हजार ३४६ रहेको थियो। जेठमा यो संख्या बढेर २ करोड १० लाख ९१ हजार ५९ पुगेको छ।

अघिल्लो वर्ष जेठमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ७९ लाख ६१ हजार ६३ रहेको थियो। यो हिसाबले मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या पछिल्लो १ वर्षमा ३१ लाख २९ हजार ९९६ ले बढेको राष्ट्र बैंकले जनाएको छ।
पछिल्लो १ महिनामा मात्रै सवा ३ लाख बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएको छ।

यसैगरी इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि पछिल्लो १ वर्षमा करिब २ लाखले बढेको छ। गत वर्ष जेठसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १६ लाख ३२ हजार ६११ रहेकोमा यो वर्ष जेठसम्म बढेर १८ लाख ३० हजार ४२५ पुगेको छ।

यो वर्ष वैशाखसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १८ लाख ३ हजार ६५ थियो। पछिल्लो १ महिनामा मात्र यो संख्या बढेर २७ हजार ३६० ले बढेको छ।