गृहपृष्ठ आजदेखि क्रसर उद्योगहरुले गिट्टी बालुवाको बिक्री रोक्ने

आजदेखि क्रसर उद्योगहरुले गिट्टी बालुवाको बिक्री रोक्ने

आजदेखि क्रसर उद्योगहरुले गिट्टी बालुवाको बिक्री रोक्ने

आज शनिबारदेखि क्रसर उद्योगहरुले ढुङ्‍गा, गिट्टी र बालुवाको आपूर्ति ठप्प पार्ने भएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आह्वानमा शनिबारदेखि क्रसर उद्योगहरु बन्द हुन लागेका हुन् ।

क्रसर उद्योग नवीकरण नभएको भन्दै महासंघले शनिबारदेखि ढुङ्‍गा, गिट्टी, बालुवाको बिक्री वितरण रोक्ने घोषणा गरेको छ । महासंघले गत ११ माघमा भएको क्रसर उद्योगको दर्ता नवीकरण गर्ने निर्णय कार्यान्वयन नभएको भन्दै आन्दोलनमा जाने निर्णय गरेको हो ।

गत ३ असारमा नै महासंघले माग पूरा नभए देशभरका क्रसर उद्योगबाट निर्माणजन्य सामग्रीको आपूर्ति ठप्प पार्ने चेतावनी दिएको थियो । महासंघका महासचिव पुरुषोत्तम रेग्मी सरकारले निर्णाय गरेर पनि कार्यान्वयन नगरेपछि आन्दोलनमा जान लागिएको बताउँछन् ।

प्रकाशित समय : ०६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु