global ime bank Long Banner Ad

गृहपृष्ठ फ्रान्समा किशोरको हत्यापछि देशभर हिंसात्मक प्रदर्शन, सयौं सवारी जलाइयो

फ्रान्समा किशोरको हत्यापछि देशभर हिंसात्मक प्रदर्शन, सयौं सवारी जलाइयो

फ्रान्समा किशोरको हत्यापछि देशभर हिंसात्मक प्रदर्शन, सयौं सवारी जलाइयो

मंगलबार फ्रान्सको राजधानी पेरिसको उपनगरमा एक १७ वर्षीय किशोर नाहिल एमको प्रहरीद्वारा हत्यापछि फ्रान्समा हिंसात्मक विरोध प्रदर्शनले देशव्यापी रुप लिएको छ ।

ुकिशोरको मृत्यु अस्वीकार्य शोषणु भन्दै मंगलबार साँझदेखि सुरु भएको हिंसात्मक प्रदर्शनीका क्रममा पेरिस, लिल, लियोंन, दिजोँ, नतेयर, मासेई, क्लामा लगायतका सहरमा करिब साढे ५ सय भवन जलाइएको छ भने ८ सय जति सवारी साधनमा आगजनी गरिएको छ ।

प्रदर्शनका क्रममा करिब २४० जना प्रहरी घाइते भएका छन् भने ८७५ भन्दा बढीलाई पक्राउ गरिएको ग्रिहमन्त्री जेरार्ड डार्मानिनले शुक्रबार दिउँसो सञ्चारमाध्यमलाई बताएका छन् ।

नाहेल एम भनेर चिनिने १७ वर्षीय किशोरलाई मंगलबार बिहान पेरिस उपनगर नँतेयरमा एक प्रहरी अधिकारीले ट्राफिक नियम उल्लंघन गरेको आरोपमा गोली हानेका थिए ।

प्रहरीले सुरुमा नाहेलले प्रहरीलाई कार चलाउँदै आएर गोली हानेको रिपोर्ट गरेको थियो । तर घटनाको सत्यतथ्य नियाल्न जाँच गरिएको भिडियोले त्यसलाई गलत साबित गरिदिएको थियो । सुस्त गतिमा गाडी हाँकेर रोकिन लागेका पीडितले रोकिनुअघि गाडी कुदाएपछि प्रहरी अफिसरले फायर गरेको भिडियोमा देखिएको बताइएको छ ।

१७ वर्षीय किशोरलाई प्रहरीले नै हत्या गरेको भन्दै फ्रान्सको राजधानी र अन्य सहरहरूमा तीन रातसम्म हिंसात्मक अशान्ति फैलाएको छ । तीन दिन देखि नै प्रदर्शनकारीहरूको प्रहरीसँग झडप भएको छ । नाहेललाई गोली प्रहार गर्नुको कारण पनि प्रहरी आप्रवासीप्रति क्रुर बनेको आरोप प्रदर्शनकारीहरुले लगाएका छन् ।

फ्रान्सका दर्जन भन्दा बढी सहरमा हिंसात्मक प्रदर्शनी भएपछि करिब ४० हजार राष्ट्रिय प्रहरीका साथ केही नगर प्रहरी, पारा मिलिटरी र आतंककारी विरुद्ध लड्ने अत्याधुनिक हतियार र ट्यांकले सुसज्जित केही अर्ध सैनिक बल ९बीआरआई० समेत विभिन्न सहरमा परिचालित गरिएको छ ।

युरोपेली राजधानी भनेर चिनिने बेल्जियमको ब्रसेल्समा रहेका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन फ्रान्समा हिंसात्मक घटनाहरु बढेपछि हतारमा फर्किएर शुक्रबार मन्त्रिपरिषद्‍को आकस्मिक बैठकमा सरिक भएका थिए । मन्त्रिपरिषद्‍को बैठकपछि प्रहरीद्वारा एक किशोरको हत्यापछि देशव्यापी अशान्तिलाई नियन्त्रण गर्न थप सुरक्षा बलहरू तैनाथ गरिने म्याक्रोनले बताएका छन् ।

दर्जनौं बस, ट्राम, निजी र अन्य सरकारी गाडीहरुमा आगजनी गरेपछि पेरिस महानगरपालिकाले दैनिक राति ९ बजेदेखि बस, ट्राम सेवाहरू बन्द गर्ने भएको छ ।

पेरिस क्षेत्रमा बस र ट्राम सेवाहरू अर्को सूचना नभएसम्म प्रत्येक राति ९ बजे रोकिने क्षेत्रीय यातायात प्राधिकरण आईडीएफएमले बताएको हो ।

प्रकाशित समय : ०७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु